एमाले कोशी प्रदेश कमिटीका नवनियुक्त पदाधिकारीहरुले सपथ ग्रहण

१७ असाेज, काठमाडौं : नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनियुक्त अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले आज विराटनगरस्थित होटल कञ्चनजङ्घामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले सपथ ग्रहण गराए ।

अध्यक्षमा घनश्याम खतिवडा ५१२ मत, उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी ५२४ मत र जलवर्ष राजवंशी र उपसचिवमा देवान राईले क्रमशः ६२८ र ६१० मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचनमा ९७७ मतदाताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *