एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग निर्वाचित

१६ असाेज, काठमाडौं : नेकपा (एमाले)को कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् ।  शाहले ३६९ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् ।  उक्त पदका अर्का उम्मेदवार प्रकाश रोकायाले चार मत प्राप्त गरेका छन् ।

त्यसैगरी, सोमबार भएको निर्वाचनमा उपाध्यक्षमा टेकराज पछाई २६२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रदेश कमिटी सचिवमा ध्रुवकुमार शाही ४ सय ६ मत प्राप्त गरी विजयी भएका छन् ।

एमालेको पहिलो प्रदेश कमिटी अधिवेशनको निर्वाचनमा कुल ६०४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *