एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लागेको दाबी गरेका छन्। एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले २ वर्ष अगाडि एमालेले सरकार छाड्नु परेपछि अर्थतन्त्र निरन्तर ओरालो लागेको बताएका हुन् ।

एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेको ओलीको आरोप छ।

यो सरकारलाई जनताप्रति कुनै मतलब नभएको भन्दै उनले भने, ’अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’ उनका भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *