एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक बोलाएको हो ।

बैठक यही असार ३० गते च्यासलस्थित पार्टी मुख्यालयमा बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *