एमालेको मेची–महाकाली राष्ट्रिय अभियान आजदेखि हेटौंडाबाट पुन: शुरु

फागुन २७ हेटौंडा, सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान हेटौंडाबाट आजदेखि पुनः सुरुहुने भएको छ । सप्तरी घटनालाई मध्यनजर गर्दै हेटौडामा उच्च सुरक्षा व्यवस्थासहित आमसभा गर्न लागेको एमालेले जनाएको छ ।

सभामा सहभागी हुन करिब एक हजार अभियान टोली सदस्य बिहीबार साँझसम्म हेटौंडा आइसकेको बताईएको छ । उच्च सुरक्षामा रहनुपर्ने नेताबाहेक अन्य सबै नेता कार्यकर्तालाई एमालेले होमस्टेमा राख्ने व्यवस्था गरेको छ ।

हेटौंडाको भुटनदेवी उच्च माविको चौरमा हुने जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सप्तरी घटनापछि हेटौंडाबाट सुरु हुन लागको एमाले अभियानलाई शान्तिपूर्ण ढंगले सफल पार्न एमालेले करिब दुई हजार स्वयंसेवक परिचालनको तयारी गरेको जनाईएको छ।

करिब सात सय प्रहरी पनि परिचालित हुने बताईएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार गोलबजार, जनकपुर, बर्दिबास, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर र जितपुरको सभा स्थगित गरी हेटौंडाबाट एमालेले मेची-महाकाली अभियान पुनः सुरु गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *