एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

१६ असाेज, काठमाडौं : नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो महाधिवेशनबाट घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक भएको नतिजा अनुसार खतिवडाले ५१२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उनका प्रतिद्वन्द्वी विनोद ढकालले ४३० मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश कमिटीको सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्ष राजवंशी र दिवान राई निर्वाचित भएका छन् ।

प्रदेश कमिटीका अन्य सदस्यका लागि पनि मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *