एमालेकै सहमतीमा संविधान संशोधन विधेयक अघि बढने

फागुन १२ काठमाडौ,राजनीतिक गतिरोध हटाउने र संसद सुचारु गर्ने विषयमा एमाले सहमत भएको छ ।

सभामुख ओनसरी घर्ति मगर सहित प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा एमालेले संबिधान संशोधन प्रस्ताव अघि बढाउन सहमति दिने सभामुखले स्रोतलाई जानकारी दिएकी छिन् ।

छलफल सभामुख ओनसरी घर्ती मगरको पहलमा भएको हो । मंगलबार र बुधबार लगातार सूचना टाँसेर स्थगित गरिएको संसद् आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा संसद बैठक स्थगित हुदै आएको थियो ।

यो सहमतिपछि आज बस्ने बैठकमा सरकारले संबिधान संशोधन विधेयक अघि बढाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *