एमालेका प्रभावशाली नेता संघिय समाजवादी फोरम नेपालमा प्रवेश

काठमाडौं २ साउन- एमालेका एकजना प्रभावशाली नेता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । नेता सुन्दर प्रसाद कुर्मी एमाले परित्यागगरी संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् । विरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तावीत सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरेका छन् । गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओडाएर नेता कुर्मीलाई पार्टीमा प्रवेश गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *