एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिसले प्रधानमन्त्री प्रचण्डलाई भेटिन्

१६ असाेज, काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बिहान शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।

सोमबार एमसीसीका प्रमुख कार्यकारी अधिकृतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग भेट गरेका थिए ।

भेटका क्रममा नेताहरुले एमसीसी परियोजनाहरु सफल कार्यान्वयनका उपायहरुका बारेमा छलफल गरेका थिए ।

हाल, MCC CEO एलिस MCC को लागू भएको उत्सव मनाउन नेपालमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *