एन्टिना “उपद्रो” टेलि सिरियलको निर्देशनमा व्यास्त

काठमाडौ-घनश्याम तिमल्सिना हास्य कलाकरीता क्षेत्रमा एक चर्चित नाम हो । निर्देशन उनको थप योग्यता हो । धेरै मानिसहरूले उनलाई एन्टिना भनेर पनि चिन्छन् । तीन हात लामो टुपीले गर्दा बालबालिकादेखि बुढाबुढीसम्म उनको फ्रेन्ड छन् । उनले यो टुपी पाल्न थालेको सत्र बर्ष नाघीसकेको छ र अहिले उनको परिचय यहि टुप्पी भएको छ । ढाकाराम टीकाराम सिरियलबाट टुप्पी पाल्न सुरु गरेका थिए उनले ।

उनिसग अभिनय प्रशिक्षण लिने विद्यार्थी मात्र दस हजार जना पुगेका छन् । हाल जोरपाटीमा जिएस सञ्चार नामक कल्चर चलाइरहेका एन्टिना कुनै समय चर्चित सिरियल ५२ घुस्सा ५३ ठक्कर र चलचित्र छापामार निर्देशन गरेर व्यापक चर्चामा आएका थिए । २०६१ सालमा उनले नेपालकै कान्छो निर्देशकको उपाधी समेत पाएका थिए । सर्ट मुभीको निर्देशन छोडेर हाल उनी उपद्रो नामक सिरियल निर्देशन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *