‘एक भगवत् गीता’को छायांकन कास्कीको खुमाइडाँडामा

१४ साउन , काठमाडौं : धीरज मगर र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्र ‘एक भगवत् गीता’को छायांकन अहिले कास्कीको पर्यटकीय थलो घाहाचोकबाट केही माथि पर्ने खुमाइडाँडामा धमाधम भइरहेको छ । निर्माता सुनिलकुमार थापाले जानकारी दिए अनुसार आगामी बुधबार फिल्मको सम्पूर्ण छायांकन पूरा हुने छ ।

स्रोतका अनुसार सोमबारदेखि एक गीतको छायांकन सुरु हुने र अभिनेता विपिन कार्कीले पनि सेट ‘ज्वाइन’ गर्ने जनाइएको छ ।

भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *