एकीकृत समाजवादीले २१ केन्द्रीय सदस्य मनोनयन

२८ भदौ, काठमाडौँ : नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

भदौ २२ देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । पार्टी अध्यक्ष माधव नेपालले अन्तरदलीय निर्देशन जारी गर्दै अनेरास्ववियुका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई उम्मेदवारी दिएको उल्लेख गरेका छन् । मनोनित सदस्यमा पराजुलीसँगै अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव र दीपक केसी छन् । त्यस्तै केन्द्रीय सदस्यमा धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, वैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुंगाना, लंका हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनयन भएका छन् । पार्टीले पूर्वमन्त्री हरि पराजुलीलाई पनि सचिवमा मनोनित गरेको छ ।

पराजुली बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानमार्फत एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेपछि स्थायी कमिटी सदस्यमा मनोनीत भएका उनी अहिले सचिवमा मनोनित भएका छन् । उनलाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पनि दिइएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले अन्तरदलीय निर्देशनअनुसार राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनयन गरेको छ । मनाङको प्रदेशसभा–२ बाट मनाङे स्वतन्त्र उम्मेदवार बनेका हुन् । उहाँ गत मंसिरमा एकीकृत समाजवादीमा सामेल हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *