उप-प्रधान तथा शिक्षा मन्त्रीलाई कालोमोसो दलिनबाट कर्मचारीले बचायो

काठमाडौ २७ असोज- शिक्षा मन्त्रालयका कर्मचारीले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई शुक्रबार कालो मोसो दलिअनबाट बचाएका छन्। भेटघाटको नाममा कालो मोसो दल्न गएका विभिन्न राजनितिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधीलाई मन्त्रीको कार्यकक्षमा गएर मोसो दल्नै लाग्दा कर्मचारीले रोकेका हुन् ।

अस्थायी शिक्षकलाइ आन्तरिक प्रतिस्पर्धाको नाममा स्थायी गर्न खोजिएको, सीटिइभीटीमा आर्थिक प्रलोभनमा परेर कलेजहरुलाई सम्बन्धन दिएका लगायतका विषयमा आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले संयुक्त वैठक बसेर विहिबार शिक्षा मन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने निर्णय गरेका थिए।

सोही निर्णय अनुसार ‘तपाँइलाई वहिष्कार गर्ने निर्णय भएको छ’ भन्ने विषयमा जानकारी गराउने वहानामा विद्यार्थीहरु मन्त्रीको कार्यकक्षमा गएका थिए।
कार्यकक्षमा पुग्ने वित्तिकै विद्यार्थीहरु नारावाजी गर्दै कालो मोसो दल्न लाग्दा कर्मचारीले रोकेका थिए । केहि वेर कर्मचारीसंग ठेलमठेल गर्दै नारावाजी गरेपनि कालो मोसो दल्न भने पाएनन्।नारावजीकै बीचमा प्रहरीले हस्तक्षेप गरेपनि विद्यार्थीहरु वाहिरीएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *