उपचारका लाति देउवा आज सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार सिंगापुर जाँदै छन् ।

स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

पेटसम्बन्धी समस्या देखिएपछि उनले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। उनी पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *