उदयपुरको प्रस्तावित बेलका नगरपालीकाको असंतुष्ट जनताहरुले आन्दोलन चर्काए

udayapurनवीन लामिछाने मगर-मंसिर ९ उदयपुर,उदयपुरको प्रस्तावित बेलका नगरपालीका असंतुष्ट जनताहरुले स्थानिय संरचना र प्रस्तावित नाममा असहमती जनाउदै आन्दोलन चर्काएको छ । नेपालको संबिधान २०७२ अनुसार नेपालको राज्य पुनसंरचना गर्दा संघ,प्रदेश र स्थानीय तहमा गरि तीन तहमा गरिने उल्लेख छ। उक्त कार्य सम्पन्न गर्न केन्द्रिय स्तरमा नगरपालिका,वडा विशेष सुरक्षीत तथा स्वायत्त प्रदेशको संख्या तथा सिमा निर्धारण आयोगले जिल्ला स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिको गठन गरि कार्य सम्पन्न गर्न कार्यसर्त तथा कार्यबिधी ब्यवस्था गरिएको थियो।
प्रस्तुत सन्दर्भमा उदयपुर जिल्लामा निर्धारण गरिएको स्थानीय तह मध्य बेलका नगरपालिका गठन गरि रामपुर केन्द्र समेत तोकि न्यायचित ढङ्गबाट विभाजन र नामाकरण नगरी केन्द्रिय आयोगमा सिफारिस गरि गत कार्तिक २० गते पुनसंरचना विभाजन समितिले केन्द्रमा समेत प्रतिबेदन पेस गरिसकेको अवस्थामा निम्न कारणहरुले गर्दा हाम्रो पुनःअसहमति जनाएको छ ।

असहमतिका कारणहरु:-

१,वडा विभाजन संतोषजनक नभएको।
२,स्थानीय रुपमा जनताको चाहाना र भूगोल आधारमा वडा विभाजन नभएको ।
३,प्राकृतिक सम्पदालाई समेत मध्यनजर नगरिएको
४पौराणिक उदयपुरको इतिहासलाई बिर्सिएर मनोमानित ढंगले पुनसंरचना गरिएको।
५,स्थानीय तहको पुनसंरचना गर्दा सम्बन्धित क्षेत्रका सम्बन्धित व्यक्तित्वहरुलाई कुनै जानकारी नगराई एकलौटी ढङ्गले पुनसंरचना गरिएको।
६,न्यायसंगत ढङ्गले वडा विभाजन नगरी स्थानीयस्तरमा असहजताको महसुस भएको।
७,प्रस्तावित निर्णय प्रती जिल्ला स्तरका राजनीति दलले नोट अफ डिसेन्ट लेखेको।

स्थानीय दल,सरोकारवाला र बुद्धिजीवीहरुको माग:-

१,प्रस्तावित बेलका नगरपालिकामा गाभिएका गाबिसहरु मध्य कटुञ्जे बवला र मैनामैनीलाई कम्तीमा दुई दुई वटाका दरले वडा विभाजन गरिनुपर्ने।
२,प्रस्तावित नामलाई संशोधन गरि मैनामैनी बेलका नगरपालिका नामाकरण गरिनु पर्ने
३,कटुञ्जे बवला र मैनामैनी गाबिसको वडाहरुलाई साबिक र ठोक्सिलाको वडाहरुमा समायोजन गर्न नमिल्ने।

माथीका प्रस्तुत बुदाहरु सहित कटुञ्जे बवला र मैनामैनी गाबिसका स्थानीय राजनीतिक दल,सरोकारवाला,बुद्धिजीवी बर्ग तथा त्यहाँका जनताले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइ सकेको अवस्थामा हाम्रा ती मागहरूलाई बेवास्ता गर्दै पुनसंरचना विभाजन आयोग समिति उदयपुरले गत कार्तिक २० गते नै प्रस्तावित नगरपालिकाको खाका केन्द्रीय आयोगमा बुझाइएको पाइयो र यसैलाई मध्यनजर गर्दै गाबिस कटुञ्जे बवला र मैनामैनिका विभिन्न स्थानीय राजनितीक दल,बुद्धिजीवी बर्ग,सरोकारवाला,त्यहाँका जनता लगाएतको सहभागीतामा मंसिर ८ गते जिल्ला बिकास समितिको कार्यलय उदयपुरमा धर्ना र आन्दोलनको कार्यक्रम सम्पन्न भएको छ।सहायक प्रमुख जिल्ला अधिकारि गणेश राज दाहालको सुनुवाइ अनुसार हाम्रो माग प्रती संतोषजनक नभएकोले पुनःहाम्रो आन्दोलन ससक्त हुने कार्यक्रम आयोजक कमिटीका राजनीतिक दलका कार्यकर्ता वसन्त मगर र हिराजंग राइले जानकारी दिएका छन् । लगभग तीन सयको हाराहारीमा आएका दुई वटा गाबिसका जनताहरु आन्दोलनमा अग्रसर भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *