उत्तराखण्डको पहिरोमा बेपत्ता भएका नेपालीहरुको खोजी गर्न कांग्रेसको आग्रह

२१ साउन , काठमाडौं : भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा बिहीबार रातिको पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन् । भने उनीहरुलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् । कांग्रेसले आइतबार विज्ञप्ति निकालेर पत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन सरकारसँग पहल गरेको छ ।

आइतबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री सीएम धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *