इन्द्रेणी पोखरीलाई केन्द्र नतोकेको भन्दै आन्दोलन घोषणा

माघ १ खोटाङ्ग,खोटाङ्गको स्थानीय तह पुनः संरचना आयोगले जिल्लाबाट पठाइएको सुझावलाई बेवास्ता गर्दै खोटेहाङ गाउँपालिकाको केन्द्र इन्द्रेणीपोखरीलाई नतोकिएको भन्दै स्थानीयद्वारा आन्दोलनको कार्यक्रम अगाडि सारिएको छ ।

पूर्व जिविस सभापति पर्शुराम कार्कीको अगुवाईमा सम्पन्न वृहत् भेलाले माघ तीन गतेबाट चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत गाउँ विकास समिती र इलाका प्रशासनमा तालाबन्दी गर्नेदेखि यातायात, विद्युत, बजार, कलकारखाना बन्द गर्नेसम्म रहेको छ ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित खोटेहाङ गाउँ पालिकाको केन्द्र विवादित भएको भन्दै कुनै एक स्थानको नाम नतोकी स्थानीय राजनीतिक पार्टीहरुको धारणा सहित केन्द्रमा सिफारिस गरेको थियो । जस अन्तर्गत जिल्लामा कृयाशिल बहुमत राजनीतिक पार्टीहरुको धारणा इन्द्रेणी पोखरी हुनुपर्छ भन्ने थियो भने बाँकी राजनीतिक पार्टीहरुले इन्द्रेणी पोखरी भए पनि हुन्छ भनी अन्य केही स्थानको नाम उल्लेख गरेको थियो । तर लोकतान्त्रिक पद्धतिमा बहुमतको निर्णयलाई बेवास्ता गर्दै पुनः संरचना आयोगले इन्द्रेणी पोखरी नभै अन्य स्थानलाई केन्द्र तोकेको हुँदा यस भूगोलका जनता आन्दोलित भएका हुन् ।

आन्दोलनमा इन्द्रेणी पोखरीसँगै सिम्पानी, लिच्कीराम्चे र चिप्रिङ गाविसको आम सहमति रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *