इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले बढाएको मूल्यलाई तत्काल रोक्न प्रदीप पौडेलको सरकारसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले मिलेमतोमा बढाएको अनुचित मूल्यलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘इन्टरनेट सेवा प्रदान गर्न प्रतिस्पर्धा गरिरहेको इन्टरनेट प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन्। यसरी बढाइएको अनुचित मूल्यलाई सरकारले तत्काल रोक्नुपर्छ।’

साथै इन्टरनेट सेवा प्रदायकहरूले उपलब्ध गराएको सेवामा गुणस्तरीयता, स्तरीयता, क्षमता, निरन्तरता हुनुपर्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *