इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाए

पौष १९ इटहरी, इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय था रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैर सरकारी सङ्घ संस्थाको सहकार्यमा पौष १७ गते चौथो राष्ट्रिय पोशाक दिवश इटहरीको मुख्य चोकमा सम्पन्न गर्दै राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चा गरिएको थियो ।

सो अवसरमा राप्रपा नेपालको बरिष्ठ नेता तथा भूतपूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरुले गौरव गर्ने केही महत्वपूर्ण बस्तुहरुमध्ये राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी तथा महिलाहरुले लगाउने साडी चोलाप्रति यदी कसैले गौरव गर्न खोज्दैन भने त्यसले नेपालीको महत्व नबुझे सरह हुने दावी गरेका थिए ।

हामीले हामी नेपाली हुनुको पहिचान दिन सकेनौ र पश्चिमा संस्कृतिको नक्कल गरेर नेपालीप्रति उपेक्षा गर्ने गराउने कार्यमा लिप्त भयौ भने त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन भन्दै नेता सुब्बाले भावी पुस्तालाईसम्म हामीले नेपालको गौरव गर्ने पहिचानलाई जिवित राख्नु नेपाली हुनुको इमान्दारिता हो भन्ने कुरा तर्फ पनि सवैको ध्यानाकर्षण गराए ।

नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राष्ट्रिय पोशाक दिवसको रुपमा मनाइएको अभियानको संयोजक सस्था तथा रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनु भएको छ ।
सहभागि युवाहरुले राष्ट्रिभावले भरिपूर्ण गीतहरु मेरो टोपी कैलाशको शिर जस्तो, गाउछ गीत नेपाली जस्ता गीतहरु सामुहीक रुपमा गाएका थिए । कार्यक्रममा सहभागि युवाहरुले नेपाली पोशाक र नेपाली टोपी लगाएका थिए । कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिला साथै ज्येष्ठ नागरीहरुकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पत्रकार, साहित्यकारहरुको पनि बाक्लो उपस्थित थियो ।

कार्यक्रममा संयोजक भुपेन्द्र निरौलाले कार्यक्रममा सहभागि सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी नेपालीहरुलाई एक सुत्रमा बाड्न कार्यक्रम आयोजना गरेको वताए । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै अभियन्ता श्याम पोख्रेरेलले राष्टियता संकटमा पर्न थालेको अवस्थामा आफ्नो ठाउबाट सबैले सहयोग गर्नुपर्ने वताए । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै रोटरीएन लक्ष्मी थेबेले युवाहरुमा नेपाली पहिचानप्रति आकर्षण बढ्दो रहेको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा सबै एकजुट हुनुपर्ने बताएकी थिइन।

उक्त कार्यक्रममा गोविन्द सोनी, लक्ष्मी थेवे, संजिब ढुङ्गाना कृष्ण बिनोद लम्साल, मधु रिमाल, लक्ष्मी धिताल, लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *