इजरायलमा ३ नेपाली घाइते, केही सम्पर्कमा, केहीको मृत्यु भएको हुनसक्छ : परराष्ट्रमन्त्री साउद

२१ असोज, काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा केही नेपालीको ज्यान गएको हुनसक्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अवस्था र अवस्थालाई सम्बोधन गर्न संयन्त्र परिचालन गरिएको जानकारी दिए । इजरायलमा २६५ विद्यार्थी अध्ययनरत रहेको र त्यहाँ ४५ सय नेपालीले हेरचाह गर्ने काम गरिरहेको उनले जानकारी दिए । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका नेपाली विद्यार्थीमध्ये १७ जना इजरायलको दक्षिणी क्षेत्रमा पर्ने गाजा पट्टी नजिकै रहेको किबुट्ज अलुमिममा अध्ययनरत रहेको साउदले जानकारी दिए । १७ विद्यार्थीमध्ये दुईजना सकुशल रहेको, तीनजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन रहेकाले केहीको मृत्यु भएको उनले बताए । यो घटनालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए ।

नेपाली समय अनुसार हिजो बिहान ६ बजेदेखि इजरायलको दक्षिणी क्षेत्रमा हवाई, जल तथा स्थलमार्गबाट ​​आक्रमण भएको र यसलाई दशकौंपछिको सबैभन्दा ठूलो आक्रमण मानिएको साउदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *