इजरायलमा रहेका नेपालीको अवस्थाप्रति गृहमन्त्रीको चासो

२१ असोज, काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार बिहानैदेखि हमास, प्यालेस्टिनी लडाकु समूह र इजरायली सेनाबीच जारी युद्धका कारण इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीले आज इजरायलका लागि नेपाली राजदूत कान्त रिजाल र नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग सम्पर्क गरी द्वन्द्वमा परेका नेपालीको अवस्था र उद्धारका बारेमा जानकारी लिएका थिए । उनले गाजा क्षेत्रमा घाइते तथा बन्धकमा परेका केही नेपाली र इजरायलमा रहेका सबै नेपालीको खाना, बासस्थान, उपचार र सुरक्षाको बारेमा जानकारी लिएका छन् ।

नेपाली राजदूत रिजालले द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका नेपालीको जानकारी संकलन र उपचार र उद्धारको काम भइरहेको बताए । त्यसैगरी इजरायली राजदूत गोडरले इजरायलमा रहेका नेपाली नागरिकमा युद्धको प्रभाव पर्न नदिन गम्भीर सतर्कता अपनाइने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *