आश्रममा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । मिति २०७४ पौष २१ गते शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको आयोजनामा मातातीर्थस्थित बृद्धा आश्रममा आश्रित २३ जना जेष्ठ नागरिकहरूको सेचेन क्लिनिक हस्पिसका चिकित्सक र नर्सहरूको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो ।

यसका साथै सो अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई न्याना कपडा र खाद्यान्नका सामाग्रीहरू वितरण गरिएको कार्यक्रम संयोजक तथा ‘छ्योर्तेन’ मासिकका प्रधान सम्पादक वीरबहादुर वाइबाले जानकारी गराए ।

वाइबाका अनुसार कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जयमङ्गल लामा, देवकुमार लामा, रतन लामा, लक्ष्मी भण्डारी, माया डोल्मा लामा, माया थिङ, सोमबहादुर लामा लगायतको उपस्थिति रहेको थियो । यसै गरी सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका हवल्दार रमण तिमिल्सिना, प्रहरी जवान सूर्यप्रकाश सुनुवार र शान्ति सुनुवारको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *