आवश्यकता परेमा तीनै तहको निर्वाचन एकैचोटि :प्रधानमन्त्री

पौष ८ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकता परेमा तीनै तहको निर्वाचन एकैचोटि गर्न सकिने,सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै बताएका छन् । तर अहिले सरकार स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्ने तयारीमा लागेको उनले बताए । निर्वाचनबाट भाग्न खोजेमा देश गम्भीर संकटमा पर्ने खतरा औंल्याए ।

स्थानीय निर्वाचन आउने बैशाखसम्म सम्पन्न गर्ने प्रबल सम्भावना रहेको भन्दै उनले भने, ‘प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी मंसिरमा गर्न पनि सकिन्छ । यदि हामीलाई समयको दबाव पर्‍यो भने तीनवटै निर्वाचन एकैचोटि पनि गर्न सकिन्छ । तर, निर्वाचन एउटा गर्ने र अर्को चाहिँ नगर्ने भन्न थालियो भने संविधानको मूल मर्म र भावनाबाट बिचलन हुन्छ ।

अहिले निर्वाचन सम्बन्धी केही विधेयकहरु संसदमा छन् । संशोधन प्रस्ताव संसदमा छ, महाअभियोग प्रस्ताव पनि संसदमा छ । यी सबैलाई प्रक्रियामा सहमत भएर छिटोभन्दा छिटो टुंगो लगाउनु र निर्वाचनतिर लानु देशको आवश्यकता हो ।अहिले देखिएका विवादहरुलाई छिटै टुंगो लगाएर निर्वाचनमा जान सरकार प्रतिवद्ध रहेको उनले बताए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *