आरुबारीका विनम्र सुवेदी ‘द भ्वाइस किड्स’ को लाईभ शो भोटिङ चरणमा प्रवेश

आरुबारीका विनम्र सुवेदी ‘द भ्वाइस किड्स’ को लाईभ शो चरणमा प्रवेश

५ बैशाख, काठमाडौं । गोकर्णेश्वर–९ माकलबारीका १२ वर्षका बाल गायक विनम्र सुवेदी ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को लाईभ शो चरणमा प्रवेश गरेका छन् ।

बाल गायक सुवेदी राम्रो गाएर सांगीतिक क्षेत्रका हस्ति जजहरु र स्रोताको मन जित्न सफल हुँदै आएका छन् । राष्ट्रिय स्तरको ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ प्रतियोगिताको विभिन्न चरण पार गर्दै उनी लाईभ शो (भोटिङ चरण) मा पुगेका हुन् ।

आरुबारीमा २०६७ सालमा जन्मिएका विनम्र सानै देखि गाउनमा रुची राख्थे । एलिट ग्राण्ड स्कुल चुच्चेपाटीमा कक्षा ६ मा अध्ययनरत विनम्र सुवेदीले विद्यालय तथा अन्य गायन प्रतिश्पर्धामा भाग लिएर थुप्रै पुरस्कारहरु पाईसकेका छन् ।

कार्यक्रम हिमालय टेलिभिजन एचडीबाट हरेक सुक्रबार र शनिबार बेलुका प्रशारण हुँदै आएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *