आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै मिस युनिभर्स इन्डोनेसियाका प्रतियोगीहरुले दिए प्रहरी उजुरी

२४ साउन , काठमाडौं : गत अगस्ट ३ मा भएको ७३ औं संस्करण मिस युनिभर्स इन्डोनेसियाको फिनालेको दुई दिनअघि शरीर जाँच र तस्वीर खिच्नका लागि आफ्नो टप्स फुकाल्न लगाई आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै मिस युनिभर्स इन्डोनेसियाका प्रतियोगीहरुले प्रहरी उजुरी दिएका छन् ।

वकिलका अनुसार प्रतियोगी युवतीहरुलाई आयोजकहरूले आफ्नो शरीरमा कुनै पनि दाग, सेल्युलाइट वा ट्याटु भए नभएको जाँच गर्न भनी टप्स फुकाल्न लगाइएकोबताएका छन् ।

बीबीसीका अनुसार उजुरी गर्ने तीन जना प्रतियोगीहरूको पक्षमा वकालत गरिरहेका अधिवक्ता मेलिसा एङ्गग्रेनीले अरू धेरै जना यसबारे अगाडि आउने बताएको छ ।

जाकार्ता प्रहरीले विज्ञप्ति जारी गर्दै यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ भने ग्लोबल मिस युनिभर्स अर्गनाइजेसनले पनि यो विषयलाई हेरिरहेको र यौन अनुचितको आरोपलाई गम्भीरतापूर्वक लिने बताएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा एक जना उजुरीकर्ता युवतीले बन्द कोठामा शव परीक्षण गरिएको तर केही पुरुष पनि उपस्थित रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *