आयरल्याण्डका राष्ट्रपतिलाई सभामुख घिमिरेले भेटे

६ असाेज, काठमाडौं : आयरल्याण्डको औपचारिक भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

सो अवसरमा सभामुख घिमिरेले नेपाल र गणतन्त्र आयरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षपछि दुई देशबीचको उच्चस्तरीय सम्बन्ध र सम्पर्क प्रगाढ बन्दै गएको बताए ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगस्ट १९ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । विगतमा दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छन् ।

‘सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डका प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई देशका संसदबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ उनले नेपाल र आयरल्यान्ड भौगोलिक रूपमा टाढा भए पनि दुवै पक्ष नजिक रहेको बताए । कला, साहित्य, संगीत र संस्कृतिको।

“हाम्रा दुवै देशले विश्व शान्ति, मित्रता र सद्भावनाका साझा मूल्यहरू साझा गरेका छन्। प्रजातन्त्र, स्वतन्त्रता र विधिको शासन हाम्रा साझा प्रतिबद्धताहरू हुन्,” उनले थपे।

सो अवसरमा सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशबीचको आपसी समझदारी, सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट उत्तीर्ण भएको बताउँदै आयरल्याण्डका राष्ट्रपतिमार्फत नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक कानुनी र नीतिगत सुधार भइरहेको बताए ।

सभामुखले जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्नका लागि नेपाल र आयरल्यान्डबीचको विश्वव्यापी मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उनले नेपाली विद्यार्थी आयरल्याण्डमा उच्च शिक्षातर्फ आकर्षित भएको बताउँदै त्यसको सहजीकरणका लागि राष्ट्रपतिसँग आग्रह गरे ।

भेटमा आयरल्याण्डका राष्ट्रपतिले नेपाल गणतन्त्र बनेको र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक मार्गमा अघि बढेकोमा आफू सचेत रहेको बताए । उनले दुवै देश प्राकृतिक सम्पदाका हिसाबले धनी भएको उल्लेख गरे ।

राष्ट्रपति हिगिन्सले आयरल्याण्डका जनता विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न र प्राकृतिक पर्यटनका लागि नेपाल जान चाहेको बताए ।

उनले नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालमा कृषि, पर्यटनलगायत क्षेत्रमा काम गर्न सकिने धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *