आभा मुकारुङको “स्यामुना सेवा” साकेला गीतको म्युजिक भिडियो सार्वजनिक्(भिडियो सहित्)

मंसिर २८ काठमाडौ,चर्चित गायिका आभा मुकारूङ् नेपाली आदिवासी किराँत राई सांस्कृतिक साकेला गीत लिएर आएकी छिन् । कता हिडेको ? कस्लाई खोजेको? भनन भन हे बिरानो परदेशी जस्ता कैयौ हिट गीत स्रोता दर्शकहरु माझ ल्याईसकेकी गायिका आभाले यो पटक स्यामुना सेवा बोलको सांस्कृतिक गीत लिएर बजारमा आएकी हुन्। बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका आभा गीतको शब्द र संगीतमा डुबेर गाउन सकने गायिका हुन् ।

स्यामुना सेवा बोलको गीतमा गायिका आभालाई, सरला राई,कला राई,शिव संगम,मेनुका राई,कुशल राईले सपोर्ट गरेका छन् भने यो गीतको म्यूजिक भिडियोमा क्यामेरा चलाएका छन् नवराज सुबेदीले ।

यो गीतको म्यूजिक भिडियोमा मिलान चामलिंग(नक्छोङ) वशंत राई (सिली मोपा) तारा साम्पाङ राई (सिली मोमा) मीना साम्पाङ राई (सिली मोमा) बिनोद राई (मूल ढोले) सीजन राई (मूल ढोले) आशा कुलुंग राई,रेवत राई,कला राई,पदम थुलुङ राई,मेनुका राई,ईन्द्रकला राई,जानुका राई,निश्चल राई, मनोज राई,नम्रता राई,वर्षा राई,तबिथा राई,सीमा रुम्दाली राई ,सुनिल राई, मञ्जु राई, एगिन राई,सुदिप राई, सपना तामांग,लडिप्मा राई ,तायामा राई, जरिना राई, सुम्निमा राई,सविना राई,प्रेरणा राई,तिर्थराज राई रहेकाछन् ।

यो गीतमा भाषा अनुवाद गरेकाछन्,नरदेवी राई र पृथ्विराज मुकारुङले भने उपशिर्षक दिएका छन्,योक्को हाङ किरातले । यो गीतलाई एरेन्ज गरेका छन् पविधन खालिङले ।

पृष्ठभूमी म्युजिक दिएका छन्, अशोक लोहोरुङ राईले भने यो गीतलाई चोमोलुङ्मा युनेस्को सेन्टरले उत्पादन गरेको हो । पोष्ट प्रोडक्सन भने नाइमा फिल्म प्रोडक्सनको रहेको छ ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *