आफ्नो ज्यानको डरले इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि सरकारलाई आग्रह

२१ असोज, काठमाडौँ : प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा केही घाइते भएपछि इजरायलमा रहेका नेपालीले आफ्नो देशबाट उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

इजरायलमा लगातार बम विष्फोटका कारण नेपालीहरु अहिले बङ्करमा शरण लिइरहेका छन् । उनीहरुले यथाशीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयले १४ नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जनाएको छ । नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबार बिहान ६ बजे प्यालेस्टिनी विद्रोही समूहले इजरायलमा आक्रमण गरेको कृषि र रोजगारीमा अध्ययनरत नेपाली विद्यार्थी सुरज भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।

युनिद ढकालले भने, ‘हामी उद्धारको पर्खाइमा छौँ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा केही नेपाली विद्यार्थीको मृत्यु भएको सरकारले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदमा दिएको जानकारी अनुसार १२ नेपाली विद्यार्थी सम्पर्कमा छैनन् । आइतबार परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हानान गोडरसँग भेटवार्ता गरेका थिए । भेटमा साउदले इजरायलको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालले हमासको आक्रमणको निन्दा गरेको बताए । उनले प्रभावित क्षेत्रबाट आफ्ना नागरिकलाई बाहिर निकाल्न नेपालले गर्न सक्ने सम्भावित उपायबारे पनि सोधे ।

राजदूत गोडरले इजरायली सरकारले नेपाली नागरिकको सुरक्षा, आवश्यक स्वास्थ्य उपचार र घाइतेको उद्धारमा सहजीकरण गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिए । साथै, उनले इजरायलको चुनौतिपूर्ण समयमा नेपाल सरकारले देखाएको सहानुभूति र सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *