आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको भरतपुरमा शल्यक्रिया

३२ साउन, काठमाडौँ : मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकले बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले आफ्नै लिङ्ग काटेर घाइते भएका थिए ।
घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

चितवन मेडिकलका निर्देशक डा दयाराम लम्सालका अनुसार उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरि अहिले उनी खतरामुक्त अवस्थामा रहेको र उनी आफैं खाना खान सक्ने भएका छन् । भने ६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएकोले ४५ मिनेट जति लगाएर त्यसलाई हटाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *