आजबाट हिमालय रोडिज सिजन–५

१५ साउन , काठमाडौं : आजबाट हिमालय टिभी एचडीमा राति ८ बजेदेखि हिमालय रोडिज सिजन–५ को प्रसारण सुरु हुँदैछ ।

सिमोस सुनुवारको निर्देशनमा रहेको यसपटकको रोडिजलाई सुरज सिंह ठकुरीले होस्ट गर्दैछन् भने प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् र र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएको हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो र यसको डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *