आजपनि प्रतिनिधिसभा बैठक बस्दैन नबसी रोकियो

१६ साउन, काठमाडौं : मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि बस्दैन नबसी प्रतिनिधिसभा बैठक साउनको २२ दिउँसो १ बजेका लागि सारिएको छ ।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको थियो तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्ने विषयमा अडिक रहेकाले उक्त बैठक स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *