आगलागीमा परेर ४ जनाको ज्यान गयो

मोरङ ५ असोज-आगलागीमा परेर ४ जनाको ज्यान गएको छ । मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको हो । स्थानीय चन्द्रबहादुर राईको काठको किराना पसल भएको दुई तले घरमा बिहीबार बिहान आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राई छन् ।
विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीन वटा दमकलको सहायताले विहान ७ बजे आगो नियन्त्रणमा लिइएको कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *