आक्रमणकारी भन्छन्- “म राष्ट्रवादी हुँ, नेताहरूले काम नगरेकोले खुकुरी प्रयोग गरेको छु”

२१ भदौ, काठमाडौँ : रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी हुनुअघि ४७ वर्षीय श्यामबहादुर सापकोटाले खुकुरी बोकेको भेटिएको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाट निस्किने क्रममा सापकोटाले नेपाली कांग्रेसका उपमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको छ । कार्यक्रममा सहभागी हुन स्वघोषित सामाजिक अभियन्ता सापकोटाले झोलामा खुकुरी ल्याएको अनुसन्धानमा संलग्न एक अधिकारीले रातोपाटीले बताए ।

उनले योजनाबद्ध रुपमा आक्रमण गरेको बताइएको छ । सापकोटालाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । उनले प्रहरीलाई भने- “म राष्ट्रवादी हुँ। नेताहरूले काम नगरेकोले रिसाएर खुकुरी प्रयोग गरें।” आक्रमणकारी सापकोटा पूर्वराजालाई समर्थन गर्ने राजतन्त्रवादी भएको खुलासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *