आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

२० भदौ काठमाडौँ : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज हुने नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण रद्द भएको छ ।

वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द भएको थियो र दुवै पक्षले १–१ अंक बाँडेर खेलको अन्त्य गरेका थिए । योसँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा सेप्टेम्बर ८ मा समूह बीको विजेतासँग खेल्नेछ ।

समूह चरणको खेलमा नेपाल अपराजित रह्यो । उसले आयोजक मलेसियालाई पाँच रनले, बहराइनलाई १० विकेटले, भुटानलाई तीन विकेटले र कतारलाई नौ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *