आइतबार कांग्रेस सांसद सुनील शर्मा र एमाले अध्यक्ष ओलीबीच भेट

२८ साउन, काठमाडौं : आइतबार विहान ९ बजे करिब एक घण्टाका लागि नेपाली कांग्रेसका सांसद सुनील शर्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीको निवास बालकोट पुगेका थिए ।
शर्मालाई नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बिहीबार पक्राउ गरेको थियो तर शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

१० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा शर्माले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *