आइतबारदेखि ‘पुष्पा २’ को छायांकन  थाले अल्लु अर्जुनले

२१ साउन , काठमाडौं : केही महिनाअघि सुरु भएको फिल्म ‘पुष्पा २’ को छायांकन सेटमा आइतबारदेखि अल्लु अर्जुन सहभागी भएका छन् ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसमा अल्लु अर्जुनबाहेक फहद फासिल र रश्मिका मन्दाना पनि थिए । दुवै अब ‘पुष्पा २’ मा पनि देखिनेछन् । ‘पुष्पा २’ मा विजय सेतुपति पनि रहने बताइएको छ ।

निर्माताले अप्रिल २०२३ मा अल्लु अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ को टिजर सार्वजनिक गरेका थिए, जसले फ्यानलाई उत्साहित तुल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *