अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो : अग्निप्रसाद सापकोटा

१९ साउन , काठमाडौँ : शुक्रबार जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा र सचिव डिलाराम आचार्यले आफ्नो धारणा राखेका छन् ।
बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष सापकोटाले भने, ‘पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन । प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने सोच राख्नुहुन्छ । अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्ड मात्र हो ।’

तयस्तै, सचिव आचार्यले , ‘पार्टीमा रुपान्तरणको मुद्दा उठिरहन्छ । विगतमा ठुला परिवर्तन भए तर जनताको जीवन बदल्न सकिएन’, भन्ने कुरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *