काठमाडौ ५ मङ्सिर – मिस लिम्बु सिजन ५ को बिजेता घोषणा गरिएको छ । काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको बीच कडा प्रतिस्पर्धाको बिचमा अबिशा लिम्बु विजेता बनेकी हुन् । देशको विभिन्न स्थानहरुबाट अडिसन छनौट गरेर अन्तिम १४ प्रतिस्पर्धिहरुलाई अन्तिम प्रतिस्पर्धा गराईएको थियो ।
अन्तिम प्रतिस्पर्धामा सन्ध्या तुम्बाहाङफे फस्ट रनर अप र सबनम साँबा लिम्बु सेकेण्ड रनर अप बनेकी छन् । अन्तिम १४ प्रतिस्पर्धी बिचबाट टप १० छनौट गरिएको थियो । टप १० लाई निर्णायकहरुको प्रश्नमा प्रतिस्पर्धीहरुले दीएको जवाफबाट उत्कृष्ट ५ जनालाई टप फाईबमा छनौट गरिएको थियो ।
अन्तिम टप फाईब प्रतिस्पर्धिहरुलाई निर्णायकहरुले सोधेको प्रश्नलाई ३ मिनेट भित्र लेखेर सक्ने अनि सबै भन्दा उत्कृष्ट प्रतिस्पर्धीलाई मिस नेपाल घोषणा गरिएको थियो
मिस लिम्बु विजेताले नगद रु १ लाख र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् ।त्यस्तै फस्ट रनर अपले नगद रु ५० हजार र सेकेण्ड रनर अपले नगद रु २५ हजार जितेका पुरस्कार पाएका छन् ।
मिस लिम्बु प्रतियोगितामा १४ जना वेष्ट स्माईल सुस्मिता पालुङ्गवा, वेष्ट पर्सानिलिटिमा रमुना थेवे, वेष्ट हेयर स्टायलम ऋतु वनेम, वेष्ट चार्मिङ्ग सुस्मिता पालुङ्गवा, वेष्ट मदर टंग, सरिता पन्धाक, वेष्ट फोटो जेनिक रक्षा ओख्रावु, वेष्ट क्याट वाकमा मधु खेवा,वेष्ट फिगरमा नुमा कुरुम्वाङ्ग, मिस पपुलर. वबिडेण्ट सनम प्यागगु, वेष्ट स्किन पुष्पा इम्संग, फ्रेण्ड्लि तथा भ्युअर च्वईस अवार्ड वर्षा थेवेले जितेका छन् ।
कार्यक्रमको संयोजक यम्जुम शेर्पा रहेकी थिइन् भने कार्यक्रमलाई सिंगापुर इन्टर प्राईजेजेले स्पन्सर गरेको थियो । यसैगरी सहभागी सम्पूर्णको ड्रेस तेह्रथुमे ढाका टोपीले स्पन्सर गरेको थियो ।