अविरल वर्षाका कारण मैवाखोलामा बाढी आउँदा चार घर उच्च जोखिममा

२८ साउन, काठमाडौँ : गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा बिहानदेखि आएको बाढीले ताप्लेजुङको दोभान बजारका चार घर उच्च जोखिममा परेको छ ।
बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएकोमा डम्बर धितालको घर सहित चार घर जोखिममा परेको छ भने बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *