अविरल वर्षाका कारण दोलखामा बगायो पहिरोले चार वटा घर

१० भदौ, काठमाडौँ : शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।

दोलखा प्रहरीका अनुसार ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बगाएको हो ।

स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। भने पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पुरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *