अलग आर्ट हबले एक कार्यक्रम गरी गोपाल योञ्जनलाई सम्झियो

ललितपुर ७ जेठ- गोपाल योञ्जनको २०औं स्मृति दिवसको पूर्वसन्ध्यामा अलग आर्ट हबले जेठ ६ गते एक कार्यक्रमको आयोजना गरी सङ्गीतकार गोपाल योञ्जनको स्मरण गरेको छ ।

कार्यक्रमा मण्डल साम्पाङ, पार्वती राई, आभा मुकारुङ, झुमा निरौला, दिपा लामा, विनोद राई, सुनिता थेगिमको साथमा अलग आर्ट हबका विद्यार्थीहरुले गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध ‘आफ्ना आफ्ना’, ‘जीवनदेखि धेरै’, ‘गल्ती हजार’, ‘मेरो जोवन लैजाऊ’, ‘हिमालसरी म अग्लिरहेछु’, ‘देशले रगत मागे’, ‘बनेको छ पहराले’ लगायतका गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध गीतहरु प्रस्तुत गरेका थिए ।

कलाकारहरुलाई वाद्यवादनमा मण्डल साम्पाङ, यमकुमार समाल, रमेश खड्का र अब्राहम समले साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *