अलग आर्ट हबको चौथो वार्षिकउत्सब सम्पन्न

रजिन राई-फागुन २९ काठमाडौ, अलग आर्ट हबले एक कार्यक्रम गरेर बार्षिक उत्सब मनाएको छ । बिगत लामो समयदेखि गीत-संगीत सिक्न चाहने प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिदै आएको अलग आर्ट हबले आफ्नो तेस्रो बर्ष पुरा गरेर चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो बार्षिक उत्सब मनाएको हो ।

कार्यक्रममा बरिष्ठ संगीतकार शान्तिराम राई,चर्चित गायिका पार्वती राई, चर्चित गायिका आभा मुकारुङ्ग,गायक रेवत राई, सुरज चन्द्र घिसिङ्ग, कर्ण लामा, संजय लोप्चन,रजिन राई,खगेन्द्र तामाङ्ग,शम्भु लिम्बु,अरुणा लामा,बिनोद बान्तावा,नानु थापा मगर,सरोज ढुंगेल,कबिना नापित, पायल राई,बिक्रम योञ्जन, प्रमिला लामा,अपेक्षा राई, रोहित चाम्लिङ्ग,प्रेम सुस्लिङ्ग मगर,सजना राई,निकिता राई, मिङ्गमा तामाङ्ग, दिलबहादुर राई लगायत अन्यले गीत गाएका थिए ।

कार्यक्रममा विशेष अतिथि रहेका शान्तिराम राईले आफ्ना पुराना गीतहरु तिमी तारेभिर मत लहरा, धोका दियौ तिमीले, एनी हजुर पारि सालघारी,छालहरू, फेरि तिम्रो याद आयो , बाटो हेरे हुन्छ आमा र चर्चित गायिका पार्वती राई संग युगल पर्खन गाह्रो भो बोलको गीत गाएका थिए । चर्चित गायिका आभा मुकरुङ्गले आमालाई सम्झन्छु बोलको गीत र गायक रेवत राईले म त सोह्र बर्षे ठिटो बोलको गीत गाएर उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

कार्यक्रम कर्ण लामाको अध्यक्षमा सम्पन्न भएको थियो । विशेष अतिथि शान्तिराम राई रहेका थिए भने अतिथिहरुमा पार्वती राई, आभा मुकारुङ्ग, रेवत राई, मण्डल साम्पाङ्ग रहेका थिए । कार्यक्रम संचालन नाकिमा नाकिम, सुरज चन्द्र घिसिङ्ग र मिङ्ग्मा तामाङ्गले गरेका थिए ।

कार्यक्रममा देखिएका केहि झलकहरु 

alag art hub

कार्यक्रममा समापन पश्चात सामुहिक फोटो खिच्दै कलाकारहरु

कार्यक्रममा समापन पश्चात सामुहिक फोटो खिच्दै कलाकारहरु aabha mukraung कार्यक्रममा सेल्फी लिदै गायिकाद्वय पार्वती राई र आभा मुकारुङ्ग 

कार्यक्रममा प्रस्तुति दिदै शान्तिराम राई र पार्वती राई

कार्यक्रममा समापन पश्चात फोटो खिच्दै गाय रेवत राई र रजिन राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *