अर्थ मन्त्रालयका ५५ कर्मचारीको एकैसाथ सरुवा

२८ भदौ, काठमाडौँ : अर्थ मन्त्रालयले एकैपटक ५५ कर्मचारीको सरुवा गरी महत्वपूर्ण प्रशासनिक कदम चालेको छ ।

मन्त्रालयको विज्ञप्तिअनुसार अर्थ प्रशासनमा कर अधिकृतको ठूलो फेरबदल भएको छ । मन्त्रालयबाट विभिन्न कर कार्यालयमा उपसचिव नियुक्ति भइसकेको र केही उपसचिवको जिम्मेवारीमा हेरफेर समेत भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले यसलाई नियमित सरुवा भनेको छ । मन्त्रालयले अर्थ प्रशासनबाट इन्द्रबहादुर देवकोटालाई ठूला करदाता कार्यालयमा पठाएको छ । चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुरेललाई दिइएको छ । उनी यसअघि आन्तरिक राजस्व विभागमा थिए । ठमेल कार्यालयमा विमला अधिकारीलाई नियुक्त गरिएको छ । लाजिम्पाटमा बोधराज आचार्य; नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलङ्कीमा ज्ञानहरि पन्थी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *