अराजक गतिविधि गर्नेलाई सरकारले छुट दिन्न: गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका छन्।

आज जारी प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास भईरहेको बताएपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने स्पष्टिकरण दिएका हुन् ।

उनले शान्तिपूर्ण बाटोबाट विरोध प्रर्दशन गर्न पाईने हुनाले सरकारले कुनै पनि खालको अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *