अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

२२ साउन, काठमाडौं : अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गरे । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताए ।
अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएको छ ।
दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । पुष्कर खत्रीको मिक्सिङ मास्टरिङ रहेको गीत फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
भिडियोका बारेमा बोल्दै निर्देशक पाख्रिनले पछिल्लो समय र्यापमा युवापुस्ताको क्रेजलाई पछ्याउँदै अरमानले राम्रो प्रयास गरेको बताए। आफ्नो पहिलो प्रयासलाई सबैले माया गरिदिन अरमानले आग्रह गरे । त्यस्तै संगीतकार विनोद ढकालले र्यापमा आउने नयाँ पिडीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ । कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो । सो अवसरमा भिडियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *