अमृता साम्बाहम्फे लिम्बुको पहिलो गीति एल्बम “अमृता” को लोकार्पण

चैत्र ५ हङकङ,गायिका अमृता साम्बाहम्फे लिम्बुको पहिलो गीति एल्बम “अमृता” को लोकार्पण गरिएको छ । हङकङस्थित याक एण्ड यति होटलमा आयोजित अमृता लिम्बुको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसरमा उक्त एल्बम लोकार्पण गरिएको हो ।Amritas limbu

“अमृता” एल्बममा आठ वटा गीतहरु समावेश गरिएको छ । यो एल्बममा रहेको गीतहरुलाई अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङले संगीत गरेका छन् । एल्बममा रहेको गीतहरुको शब्द रचना जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले गरेका छन् ।

अमृता एल्बममा रहेको गीतहरु मध्ये दुई वटा गीतहरुको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । “म त नुमाफुङ पो त” बोलको म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन् । युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई निराजन प्रधानले अभिनयमा साथ दिएका छन् ।

सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘काडा जस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जिबि लामाले निर्देशन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ । यो गीतका रचनाकार विर्शिका राई हुन् ।

“म त नुमाफुङ पो त” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *