अभिनेत्री दीया पुनले गरे अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण

२८ साउन , काठमाडौं : अभिनेत्री दीया पुनले सामाजिक सञ्जालमार्फत अफ्रिकी मुलुक तान्जानियामा अवस्थित अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारो स्थानीय समयअनुसार शनिबार बिहान साढे ७ बजे उक्त पाँच हजार ८९५ मिटर अग्लो हिमालको शिखरमा पुगेको जानकारी दिदैँ आफ्नो अर्को एक सपना पूरा भएको दीयाले उल्लेख गरेकी छिन् ।
विश्वका सात वटा अग्ला हिमालको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै आएकी दीयाले गत वर्षको जेठमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् भने यसअघि आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको समेत आरोहण गरिसकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *