अब २२ प्रतिशतसम्म घरबहाल कर तिर्न पर्ने,कोठा भाडा बढ्न सक्ने

काठमाडौं १५ साउन- स्थानीय तह र केन्द्र सरकारबीच करका विषयमा हानथाप र विवाद सुरु भएको छ । यसले गर्दा आमनागरिक दोहोरो कर तिर्न बाध्य भएका छन् ।

काठमाडौं महानगरपालिकालेे नगरपरिषदबाट स्थानीय तहको कर उठाउने निर्णय गरेको छ । केन्द्र सरकारले पनि कर उठाई रहेकै छ । यसले गर्दा काठमाडौंमा स्थानीयलाई करको दोहोरो भार परेको हो ।

यसअघि महानगरले घरधनीसँग २ प्रतिशत घरबहाल कर उठाउँथ्यो भने १० प्रतिशत कर आन्तरिक राजश्व विभाग अन्तरगतका कार्यालयमा बुझाउनु पर्थ्यो । अब भने १२ प्रतिशत घरबहाल कर तिर्दै आएका काठमाडौंका स्थानीयले अब २२ प्रतिशतसम्म कर तिर्न पर्ने हुन्छ । यसो हुदा अब काठमाडौका घरधनीहरुले कोठा भाडा बढाउने देखिन्छ । उपत्यका बाहिर बाट आएर काठमाडौमा कोठा भाडामा लिएर बस्नेहरुको लागी भार थपिने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *