अबैध रुपमा माछा पोखरीमा उत्खनन

नवलपरासी, ३ फागून – नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ । गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो ।

पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखरीमा माछा पालन प्रयोगको लागी ठेक्का दिईएको भएपनि अबैध रुपमा सो पोखरीमा मोटो उत्खनन गरी वाहीर काममा विक्री वितरण गरिएको खुलासा भएको हो ।

५ बर्षकालागी माछा पाल्नका निमित्त २० लाख , १० हजारमा ठेक्कामा दिईएको मा सो माछा पोखरीलाई ठेकेदार पक्षले अबैध रुपमा हेबी मेसीनको प्रयोग गरी माटो झिकेर अन्यस्थामा विक्री बितरण गर्दै आएको छ ।

ठेकेदारले नियम मिचेर पोखरीमा हेक्सावेटरको प्रयोग गरी माटो उत्खनन गरिहेदा समेत वडा कार्यालय , गाउँपालिकाको कार्यालय , स्थानिय प्रहरी प्रशासन मौन रहेको छ ।

यस अगाबै करिब ५ फिट गहिरो रहेको सो माछा पोखरी अहिले थप ५ फिट गरी गहिरो बनाएर १० फिट गहिरो हुन गरेको छ । माछा पालन कार्यकालागी ५ फिटमा प्राप्त मात्रामा माछा पाल्न सकिने भएपनि माछा पालन प्रयोजनको वाहानमा १० फिट गहिरो बनाएर सो माटोलाई अन्य काममा विक्री वितरण गर्नु सम्झौता बिपरीतको काम हो ।

यस वारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले ठेकेदारले नियमबिपरीत पोखरीबाट माटो उत्खनन् गरी वाह्य प्रयोजनमा प्रयोग गरेको पाईएकाले ठेकेदारसंग दोब्वर क्षतिपुर्ति माग गरी सहित ठेक्कालाई नियमानुसार ब्यवस्थीत गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *