अबको निर्वाचनमा माओवादी केन्द्र समाप्त हुने : केपी ओली

काठमाडौ २६ साउन-एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा माओवादी केन्द्र समाप्त हुने बताएका छन् । बिहीबार पार्टी कार्यालय धुम्बराहीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी अव केन्द्र मात्रै रहने बताएका हुन् । उनले भने “माओवादी केन्द्र केन्द्रमात्र भो अव राजनीतिक पार्टी रहेन, अघिल्लो निर्वाचनमा जनताले पात झारे अवको निर्वाचनमा केही बाँकी रहदैन ।”

अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई बबुलको रुख भन्दै त्यो रुखमुनि केही पलाउँन नसक्ने टिप्पणी पनि गरे । भरतपुर महानगरको निर्वाचन परिणामप्रति लक्षित गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्याँहाको बास्तविकता सवैले थाहा पाइसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *